जनकपुरबाट स्रोत नखुलेको १९ लाख नगद सहित तीन जना पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुर बजारबाट स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी–८ बस्ने २६ वर्षीय बिष्णु देव यादव, धनुषा जनकपुर उपमहानगरपालिका–४ बस्ने २८ वर्षीय रमेश साह, धनौजी गाउँपालिका–७ भररिया टोल बस्ने २० वर्षीय रवि पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१२ प ६४३ नम्बरको मोटरसाइकलमा सवार बिष्णु देवलाई उक्त नगद सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रमेश र रविलाई समेत पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *