डा.एलिजसँग कुराकानी

चिसोमा छालाको स्याहार कसरी गर्ने ? घरेलु तरिका के छन् ?

काठमाडौं । मौसम परिवर्तन सँगै जाडो मौसममा वातावरण अत्यन्तै चिसो हुने गर्छ । परिवर्तित मौसमसँगै मानव शरीरमा वातावरण अनुसार समस्याहरू देखा पर्ने गर्दछ । अन्य समयमा भन्दा जाडो मौसममा छाला सम्बन्धी धेरै समस्याहरू देखा पर्ने गर्दछ । जस कारण जाडो महिना छालाको लागि उचित मानिँदैन । जाडोमा छालाहरू सुख्खा र फुस्रो हुने गर्दछ । किन हुन्छ त जाडोमा छालाहरू सुख्खा र फुस्रा ? छालालाई कसरी जोगाउने, घरेलु तरिकाहरू कस्ता हुन्छन् भन्ने बारे काठमाडौँ मेडिकल कलेजकी छाला रोग विशेषज्ञ डा. एलिज अर्यालसँग मकालुखबरकर्मी विष्णुमाया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश : –

जाडोमा छाला सुख्खा र फुस्रो किन हुन्छ ?
जाडो महिनामा वातावरण पनि सुख्खा हुन्छ । हाम्रो शरीर स्किनमा पनि धेरै पसिना आउँदैन त्यसले गर्दा हाम्रो शरीर सुख्खा र ड्राइ भएर जान्छ । त्यही भएर छाला सुख्खा हुने (ड्राइ) हुने, फुट्ने हुन्छ । वातावरण नै सुख्खा हुन्छ, यसले गर्दा छाला पनि सुख्खा हुने गर्दछ । जाडो महिनामा पसिना आउँदैन पसिनाले पनि छालालाई नरम बनाएको हुन्छ तर पसिना नआए पछि ड्राइ भएर जाने र छाला फुट्ने हुन्छ ।

जाडोमा छालालाई जोगाउन के गर्ने ?
जाडोमा छाला जोगाउन नुहाउने बेलामा नरम साबुन प्रयोग गर्दा राम्रो हुन्छ । उसो त, नुहाउँदा साबुन प्रयोग नगरेको नै राम्रो हुन्छ । तर साबुन प्रयोग गर्दा सोफ्रि भन्ने साबुन पाउँछ यसमा साबुनको धेरै मात्रा हुँदैन, त्यसलाई प्रयोग गर्न सकिन्छ । साबुन लगाउने बत्तीकै मन तातो पानीले नुहाउने, नुहाउने बत्तीकै स्किन ड्राइ हुन्छ, जाडो महिनामा धेरै नै चिसो हुन्छ । तातो पानीले झनै स्किन ड्राइ गर्छ । नुहाउने बत्तीकै हामीले कुनै न कुनै पदार्थको तेल, क्रिम अनुहार हात गोडामा लगाउनै पर्ने हुन्छ । हामीले आफ्नो किसिमको तेल, क्रिम लगायतका नरक तरल पदार्थ सुत्ने बेला अगाडि र उठे पछि पनि एक पटक लगाउनुपर्छ । क्रिम प्राय अनुहारमा, हातमा, खुट्टामा, शरीरको सबै तिर डाक्टरको सल्लाह अनुसार वा आफूलाई मन पर्ने तर एलर्जी नहुने क्रिम बिहान बेलुका लगाउनु राम्रो हुन्छ । अर्को कुरा हामीहरू जाडो महिनामा धेरै घाममा बस्ने गर्छौँ। धेरै घाममा बस्दा खेरि चाउरी पना आउने, घामले गालामा कालो धब्बा दागहरू देखिने गर्दछ । त्यसैले घाममा धेरै समय सम्म नबस्ने, बस्नै परेमा घामको सन ब्लक भन्ने पाइन्छ, ३–३ घण्टाको फरकमा पटक पटक लगाउँदा राम्रो हुन्छ ।

जाडोमा छालालाई जोगाउन घरेलु तरिकाहरू के कसरी अपनाउन सकिन्छ ?
घरेलु तरिका भनेको आफ्नै घरमा नरिवलको तेल, बदामको तेल प्रयोग गर्दा राम्रो हुन्छ । आफ्नो गाउँ घर तीर घ्यू, नौनी छ भने घ्यूमा अलिकति नुन हालेर लगाउँदा पनि भयो, नौनी हुन्छ नौनी दल्दा पनि भयो । सकेसम्म चिल्लो लगाउनु पर्छ, त्यो पनि छैन भने खाने तल लगाउँदा पनि हुन्छ । गाउँघरमा आफ्नो केही पनि छैन भने हामीले खाने तेल छालामा लगाउँदा पनि फरक पर्दैन ।

जाडोमा छाला सम्बन्धी कस्ता रोगहरू देखा पर्न सक्छन् ?
जाडो महिनामा छालामा ड्राइहुने, चायाँ, पोतो आउने, प्राय मानिसहरू घाममा धेरै बस्ने भएकोले मानिसहरूको अनुहारमा कालो पन आउने, कालो धब्बाहरू आउने पनि हुन्छ । कपालमा धेरै चायाँ पर्ने, फुस्रो कपालमा चायाँ आउने हुन्छ । अर्को हाम्रो सो¥यासेस भन्ने जाडो महिनामा धेरै बढ्छ । यसको लागि हामीले रेगुलर नुहाउने, क्रिमहरू रेगुलर लगाउने, छालालाई सुख्खा पार्नु हुँदैन । पानीहरू धेरै पिउने गर्नुपर्छ । जाडो महिनामा हामीहरू धेरै घाममा बसेको हुन्छौँ अनि शरीरमा पानीको कमिले पनि छाला ड्राइ हुन्छ । यसले गर्दा आफ्नो हिसाबले पानी, सुन्तला, अमला कागती जस्ता मौसमीहरू खानुपर्छ । जसबाट छालाका रोगबाट बच्न सकिन्छ ।

यी विभिन्न समस्याहरूबाट जोगिनको लागी खाने कुराहरूमा पनि ध्यान दिनु पर्छ ?
खानेकुराले भन्दा छालामा वातावरणले धेरै प्रभाव पार्छ । खाने कुरामा पनि कागतीहरूले बढी इम्युनिटी बढाउँछ । इम्युनिटी बढ्ने बित्तिकै कति रोगहरू लाग्दैन त्यसैले खानामा धेरै पनि होइन थोरै पनि होइन ठिक्कको खानु पर्‍यो, टाइममा खानु पर्‍यो, पानी धेरै पिउनु पर्‍यो, जाडो महिनामा पनि पानीको मात्रा बढाउनु पर्‍यो। किनभने हामी जाडो महिनामा पानी धेरै पिउँदैनौँ, घाममा बसेको हुन्छौँ, छालामा पानी सुकेको हुन्छ । कहिले कहीँ पानी धेरै खाने, तातो कुराहरू सागपातहरू बढी खाने गर्नुपर्छ जाडोमा, छालाको ख्याल गर्नु नै चिसोबाट बच्नु हो ।

जाडोमा तातो पानीले नुहाउँदा छालाको लागि कत्तिको उपयुक्त हुन्छ ?
तातो पानीले नुहाउँदा स्किन ड्राइ हुन्छ । अब जाडो महिनामा चिसो पानीले नुहाउन सक्ने सम्भव हुँदैन । त्यसैले मनतातो पानीले नुहाउने र नुहाउने बित्तिकै आफूलाई मन पर्ने तेल, लोसन, क्रिम लगाउने गर्नुपर्छ । तातो पानीले स्किनमा मस्टरलाई उजले इन्भ्यालेट गर्छ । हाम्रो बढीमा स्किन उज भन्ने हुन्छ, यसलाई ह्याम्पर गर्छ त्यसले गर्दा हामीले नुहाउने बत्तीकै चिल्लो, पहिला पहिला बूढाबूढीले घाममा राखेर तेल लगाउने चलन हुन्थ्यो । त्यसै गरी अहिले आफ्नो कुनै प्रकारको घरमा रहेको तेल, लोसन, क्रिम आफ्नै घरमा पाइने नौनी, घ्यु, तेल हुन्छ त्यो दल्दा पनि फरक पर्दैन ।

जाडो महिनामा धेरै जसो कपाल झर्ने हुन्छ यो किन हुन्छ ? कपाल झर्न नदिन के गर्नु पर्छ ?
जाडो महिनामा पनि हाम्रो कपालको छाला सुख्खा भएर जाने हुन्छ । हावा चलेको बेला छाला कपाल सुख्खा भएको हुन्छ । हामीले तेलहरू लगाउँदा, मस्टराइजर तेलहरू पाउँछ मार्केटमा सेरमहरु पनि पाउँछ यिनीहरू प्रयोग गर्दा हुन्छ । अर्को कुरा जाडो महिनामा खाना त खान्छौँ तर तागतिलो खानेकुराहरू धेरै खाँदैनौँ । यसले गर्दा पनि धेरै फरक पार्छ । जाडो महिनामा मनतातो खाने कुराहरू खान्छौँ, तर दैनिक पौष्टिक आहार धेरै खाँदैनौँ । त्यसैले खानेकुराहरू र पौष्टिक आहारहरू, फलफूलहरू धेरै खानुपर्छ । जाडोमा पौष्टिक आहारहरू, फलफूलहरू खाँदै खाँदैनन् मान्छेहरू तर जाडो महिनामा पनि फलफूलहरू खानु पर्ने हुन्छ । कपाल झर्न नदिन तेलहरूको प्रयोग गर्नु पर्‍यो । अनि कपालको चायाँको लागि सेम्पुहरु पाउँछ, त्यो प्रयोग गर्नु पर्‍यो । खानामा पनि ध्यान दिनु पर्छ । खानामा गेडागुडीहरू खानु पर्‍यो, फलफुलरु खानेकुरामा बढाउनु पर्‍यो । घाममा बस्दा फलफूलहरू सुन्तलाहरू, केराहरू मौसमी खानेकुराहरू, कागतीहरू त्यो खानुपर्दछ । सकेसम्म जाडो महिनाकै फलफूलहरू खाँदा स्वास्थ्यको एकदमै राम्रो हुन्छ ।

अन्तिममा केही सुझाव दिन चाहनु हुन्छ ?
जाडो महिनामा जाडो भनेर धेरै घाममा बस्न हुँदैन, घाममा धेरै बस्यो भने अनुहारको रिङकल चाँडै आउने, घामको कालो साना साना धब्बाहरू आउने हुन्छ । त्यसैले धेरै घाममा बस्दा सन ब्लक रेगुलर लगाउनु होला, जाडोबाट बच्न न्यानो लुगा लगाउनु होला होला, खानपिनमा ध्यान दिनुहोला भन्न चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *