स्थानीय तह उपनिर्वाचनमा रास्वपाले छान्यो उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रारम्भिक निर्वाचन प्रक्रियाबाट आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार छनोट गरेको छ ।

बुधवार पार्टीको स्थानीय तह उपनिर्वाचन संयोजन समितिले उम्मेदवार टुंग्याएको हो । पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्वप्रकाशित तालिकाअनुसार आकांक्षी उम्मेदवारबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिसपछि ‘घण्टीवाहक’उम्मेदवार छनोट गरिएको रास्वपाले जनाएको छ ।

उम्मेदवार प्रारम्भिक निर्वाचनमा निर्वाचित भई पार्टीको तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयन गरिएको समिति संयोजक गणेश पराजुलीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *