नेपाल ताजिकिस्तानसँग पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पुरुष फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । ताजिकिस्तानको सेन्ट्रल स्टेडियमा आज भएको खेलमा ताजिकिस्तानसँग नेपाल ४–० गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १ गोलको सामना गर्‍यो । ताजिकिस्तानका लागि शेर्भोनी मावत्शोएव र मनुचेखर जालिलोभले समान दुई/दुई गोल गरे । नेपालले आगामी मङ्सिर १ गते अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *