सिजनको बेला सस्तिँदै सुन, आज एकैदिन २२ सयले घट्यो
मकालु खबर
२०८१ कार्तिक २९ गते
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ । मङ्सिर नजिकिएसँगै सुनचाँदीको सिजन सुरु भएका बेला भाउ घटिरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले ओरालो लागेको छ । आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो दिन चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
मकालु खबर
२०८१ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित