गौचनको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसकी नेतृ विमला गौचनको निधनमा काँग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले गौचनको आत्माको चीर शान्तिको कामना गर्दा उनको परिवारमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

गौचनको काठमाडौँको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधवार राति ६३ वर्षको उमेरमा उनको निधन भएको हो ।

डेंगी सङ्क्रमित उनलाई राति हृदयघात भएको बताइएको हो । गौचन नेपाली काँग्रेसबाट समानुपातिक सांसद थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *