परराष्ट्रमन्त्री आरजुलाई फूलमालाले स्वागत गर्न कांग्रेसको उर्दी

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको गृह जिल्ला डडेल्धुरा जाने भएकी छन् ।

काङ्ग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणालाई गृह जिल्लामा भव्य स्वागतको तयारी गरिएको छ ।

नेपाली काँग्रेस डडेलधुराले देउवाको स्वागतका लागि उपस्थित हुन उर्दी जारी गरिसकेको छ ।

जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै फूल मालासहित डडेल्धुरा बसपार्कमा जम्मा हुन कार्यकर्तालाई उर्दी जारी गरेको हो ।

पार्टी सभापति भीमबहादुर साउँदले बुधवार विज्ञप्ति निकालेर परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूल मालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई आदेश गरेका हुन् । परराष्ट्र मन्त्री राणालाई डडेल्धुरा बसपार्कमा भेला भएर स्वागत गर्ने कार्यक्रम छ ।

सभापति साउदले महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा र टोल कार्यसमितिलाई परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूल मालासहित उपस्थित रहन भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *