रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताहरूविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र केन्द्रीय नेतासहितका पदाधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ ।

अदालतको अवहेलना गरेको भन्दै उनिहरु विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

सहकारी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, सङ्गठित अपराध लगायतमा अनुसन्धान भइरहेको छ ।

लामिछानेमाथि अनुसन्धान भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी मुद्दा दर्ता गराएको उनले बताए ।

यो मुद्दामा मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *