बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छ : भौतिकमन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताएका छन् ।

बिहीबार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरूले निर्माण कार्यमा लापरबाही भएको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझ्ने कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएपनि काम अहिलेसम्म थालनी नभएको बताए ।

उनले एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गरिएको बताए । उनले समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएको बताए । उनले पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले डिसेम्बरको अन्तिमसम्ममा काम सुरु गर्ने एसएमएस पठाएको बताए ।

उनले भने ‘मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएका थियौँ । तर काम थालनी भएको छैन । एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा गएर निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गर्याैँ । निर्माण कम्पनी ७ अर्ब रकम पठाएकाले अब पठाउन सक्दैनौँ भनिरहेको थियो । सरकारले भुक्तानी दिने काममा तलमाथि गरेका छैनौ । समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएका छौँ । तर पनि काम सुरु भएको छैन । पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले एसएमएस पठाएको छ । डिसेम्बरको अन्तिमसम्ममा काम सुरु गर्छौँ । भनेको छ । त्यसमा विश्वास गर्ने कि नगर्ने अवस्था छ । डिसेम्बरबाट सडक निर्माणको काम थालनी गरेको अवस्थामा त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने भनेर तयारी छ । काम थालनी गर्ने र काम गर्ने सरकारलाई विश्वास लागेको छैन । अब निर्णय गर्ने ठाउँमा पुगेका छौ ।’

उनले डिसेम्बरबाट सडक निर्माणको काम थालनी गरेको अवस्थामा भने त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने तयारी मन्त्रालयले गरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *