प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । ज्ञापनपत्र बुझाउनका लागि प्रधानमन्त्रीको समय मागिएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पार्टी सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । यही कार्तिक २ गते पार्टी केन्द्रिय कार्यालय बनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । रास्वपाले पार्टी सभापतिमाथि सरकारले गरिरहेको प्रतिशोधलाई लिएर ज्ञापनपत्र बुझाउन लागिएको कार्यवाहक प्रवक्ता झाले बताए ।

पार्टी सभापति लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । रास्वपाले लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधिरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *