निर्मला पन्त प्रकरणबारे भ्रम फैलाउने अर्याल छुटे
काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा भ्रमपूर्ण अन्तर्वार्ता दिएका गोरखाका नवराज अर्याललाई प्रहरीले छाडेको छ ।
निर्मला पन्त प्रकरणमा भ्रामक सूचना फैलाउने गरी अन्तर्वार्ता दिएको आरोपमा बुधवार उनी पक्राउ परेका थिए । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले भ्रमपूर्ण अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याललाई छाडेको हो ।
अन्तर्वार्ता लिने पत्रकार ऋषि धमलासँग पनि प्रहरीले सोधपुछ गरेको थियो । त्यसक्रममा अन्तर्वार्ता हटाउने सहमति भएको प्रहरीले बताएको छ । आफूले निर्मलाको बलात्कार हुँदै गरेको देखेको बयान दिएपछि प्रहरीले अर्याललाई बोलाएको थियो ।
यस्तै सीआइबीले अर्यालसँग अन्तर्वार्ता लिएका पत्रकार ऋषि धमलासँग समेत सोधपुछ गरेको थियो । त्यसक्रममा धमलाले उक्त अन्तर्वार्ता हटाउने प्रतिबद्धता जनाएका थिए । २०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।