झाँक्री भुजेलमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

काठमाडौं । झाँक्री प्रकाश भुजेललाई सवारी ज्यान मुद्धामा ५ दिन म्याद थप भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंबाट उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो ।

काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्री भुजेलले चलाएको ल्याण्ड क्रुजर जिपको ठक्करबाट बुधबार नारायण नगरकोटीको मृत्यु भएको थियो ।

ठक्करबाट उनकी श्रीमती सानुमाया समेत गम्भिर घाइते भएकी छन् । मोटरसाइकललाई ठक्कर दिएको केही समयपछि भुजेल आफैँले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *