भोली नेपालको ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै
मकालु खबर
२०८१ कार्तिक २९ गते
काठमाडौं । नेपालले भोली बंगलादेशलाई विद्युत् निर्यात गर्ने भएको छ ।
भारतको केन्द्रिय विद्युत् नियमन आयोग(सीईआरसी)ले बंगलादेशमा विद्युत् निर्यात गर्न नेपाललाई अनुमति दिएसंगै शुक्रवारदेखी नेपालको विद्युत् बंगलादेशमा निर्यात हुने भएको हो ।
शुक्रबार दिउँसो ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देश(नेपाल,भारत,बंगलादेश)का कम्पनीबीच असोज १७ गते सम्झौता भएको थियो ।
यसअघि भारतको केन्द्रिय विद्युत् नियमन आयोगले अनुमति नदिएपछि नेपालबाट बंगलादेश विद्युत् निर्यात अनिश्चित बनेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसाका दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
मकालु खबर
२०८१ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित