सहकारी ठगि प्रकरण
रुपन्देहीमा सकियो लामिछानेको ‘बयान’,पोखरा ल्याउने तयारी
मकालु खबर
२०८१ कार्तिक २९ गते
काठमाडौं । सहकारी ठगिमा मुछिएपछि रुपन्देही पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपेन्देही पुर्याइएका लामिछानेको बिहीबार बयान सकिएको हो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । बयान सकिएपछि यथाशीघ्र लामिछानेलाई पोखरा फिर्ताको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सहकारी संस्था ठगिको अरोपमा यही कार्तिक २ गते पार्टी केन्द्रिय कार्यालय बन्स्थलीबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । लामिछानेमाथि चौथो पटक म्याद थपिएर अनुसन्धान भइरहेको छ ।
लामिछानेमाथि सहकारी ठगि,संगठित अपराध एवं सम्पत्ती शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
मकालु खबर
२०८१ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित