प्रधानमन्त्रीको प्रश्न : चीन जाँदा भारतसंगको सम्बन्ध कसरी बिग्रन्छ ?
नयाँका नाममा टुप्पाबाट पलाएकाले गाली गरेको नसुहाउने टिप्पणी
मकालु खबर
२०८१ कार्तिक २९ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण जाँदा भारत संगको सम्बन्ध नबिग्रने बताएका छन् । बिहीबार कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
पत्रकारले सोधको चिन भ्रमणको विषयमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले भने,‘चिन भ्रमण जाँदा भारतसंगको सम्बन्ध कसरी बिग्रन्छ ।’
लोकतान्त्रिक व्यवस्था,गणतन्त्र र संघीयताका मूल मर्ममा तलमाथि नहुने पनि त्यसक्रममा उनले स्पष्ट पारे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन गाली गरेको नसुहाउने समेत बताए ।
उनले म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा आफु स्पष्ट रहेको समेत बताए । प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।
मकालु खबर
२०८१ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित