लामिछानेलाई भोली पोखरा ल्याइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शुक्रबार बिहान कास्की (पोखरा) ल्याइने भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई भोली मात्रै पोखरा ल्याइने भएको हो ।
- सम्बन्धित समाचार : रुपन्देहीमा सकियो लामिछानेको ‘बयान’,पोखरा ल्याउने तयारी
आज जिल्ला प्रहरी कार्यालयमा नै राखिने र भोलि बिहान कास्की पठाइने रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रञ्जित राठौरले बताए । आज साँझ नै पठाउने तयारी गरिए पनि ढिलो भएपछि प्रहरीले भोलि पठाउने जनाएको हो ।
लामिछानेलाई कास्कीबाट मंगलबार भैरहवा लगिएको थियो । बुटवलको सुप्रिम सहकारी रकम ठगी प्रकरणमा लामिछानेसंग तीन दिन बयान लिइएको थियो ।
सहकारी संस्था ठगिको अरोपमा यही कार्तिक २ गते पार्टी केन्द्रिय कार्यालय बन्स्थलीबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । लामिछानेमाथि चौथो पटक म्याद थपिएर अनुसन्धान भइरहेको छ ।
लामिछानेमाथि सहकारी ठगि,संगठित अपराध एवं सम्पत्ती शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।