सामान बोक्ने मोटरसाइकलले बढाउँदै दुर्घटना (तस्बिरहरु)

काठमाडौं उपत्यका लगायत देशभरका मुख्य सहरहरूमा आफ्नो सुविधाका लागि मोटरसाइकल चलाउने गरिन्छ । कार्यालय, घुमफिर लगायत आवश्यक काममा सार्वजनिक बसमा भन्दा आफ्नै सवारीसाधन भएको खण्डमा छिटो छरितो हुने भएकाले पनि मोटरसाइकलको प्रयोग बढी हुन्छ ।

मुख्य सडकमा सार्वजनिक यातायातहरू प्रशस्त भेटिए पनि आफूले भनेको ठाउँमा पुग्नका लागि मोटरसाइकल सहज सवारीसाधन हो । त्यसैले पनि मोटरसाइकल चलाउनेहरूको बाहुल्यता बढी हुन्छ । मानिसहरु आवतजावतका लागि मोटरसाइकल चलाउनु त समयको बचतका हिसाबले पनि राम्रो नै हो । सार्वजनिक सवारीसाधनबाट झरेर १० मिनेट हिँड्नुपर्ने ठाउँमा मोटरसाइकल भएको खण्डमा दुई मिनेटमै गन्तव्यस्थल पुगिन्छ ।

तर मानिसहरु चढ्ने बाहेक मोटरसाइकलमा भारी सामान लोड गरेर यात्रा गर्नुले दुर्घटना बढाइरहेको छ । थोरै सामान लोड गरेर लैजान कुनै कठिनाइ हुँदैन । तर मोटरसाइकल, साइकलमा धान्ने भन्दा बढी सामानहरू लोड गर्दा हुने दुर्घटनाहरू बढिरहेका छन् । एक त मोटरसाइकलमा सानो रिक्सामा अट्ने भन्दा बढी सामानहरू लोड गरिएको हुन्छ । त्यसले स्वयं चालकलाई त अप्ठ्यारो पार्छ नै साथमा सँगै यात्रा गरिरहेका अन्य सवारीसाधनहरू पनि समस्यामा पर्छन् ।

किनभने लोड गरिएका अत्यधिक सामानहरूले सडक बढी ढाकिरहेको हुन्छ । जसले अरूलाई असहज बनाइदिन्छ र कतिपय ठाउँमा दुर्घटना हुन्छ । सवारी तथा यातायात व्यवस्था नियमावलीकाअनुसार मोटरसाइकल÷साइकलले सामानहरू ओसारपसार गर्न मिल्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *