भारतको थोक मुद्रास्फीति २.३६ प्रतिशत पुग्यो
मकालु खबर
२०८१ मंसिर १ गते
एजेन्सी । भारतको थोक मूल्य सूचकांक मुद्रास्फीति अक्टोबरमा बढेर २.३६ प्रतिशत पुगेको छ । मुख्यतया खाद्यवस्तु, मेसिनरी तथा उपकरण, मोटर गाडी, ट्रेलर र सेमी ट्रेलरको मूल्यवृद्धिका कारण यो वृद्धि भएको हो ।
डब्ल्युपिआई खाद्य मुद्रास्फीति सेप्टेम्बरमा ९.४७ प्रतिशतबाट बढेर अक्टोबरमा ११.५९ प्रतिशत पुगेको छ । डब्ल्यूपीआई मुद्रास्फीति सेप्टेम्बरमा १.८४ प्रतिशत र अगस्टमा १.२५ प्रतिशत थियो ।
मकालु खबर
२०८१ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित