कीर्तिपुरको मेयरमा कांग्रेसले डंगोललाई बनायो उम्मेदवार

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारी दर्ता भने भोलि आइतबार हुँदैछ ।

डंगोल कांग्रेसको नगर कमिटीका सभापति समेत हुन् । उम्मेदवारका लागि डंगोलसँगै दिवंगत पूर्वमेयर नकर्मीले पत्नी जमुनासहित २१ जनाको नाम सिफारिस गरिएकामा डंगोललाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो ।

उपचुनावका लागि एमालेले डा.सुरेन्द्र मानन्धर, माओवादी केन्द्रले प्रा.डा.शिवशरण महर्जन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने अझै उम्मेदवार तोक्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *