बाह्रदशीमा रड प्रहार गरी माझीको हत्या

काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका-५ मा रड प्रहारबाट एक जनाको मृत्यु भएको छ । बाह्रदशी ५ बस्ने ४५ वर्षीय गङ्गालाल माझीको रड प्रहारबाट मृत्यु भएको हो ।

घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

शनिवार राति करिब साढे १० बजे आपसी विवाद हुँदा बाह्रदशी ५ कै मानपुर राजवंशीले माझीलाई रडले हानेका थिए । राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *