उपनिर्वाचन

कीर्तिपुरको मेयरमा एमालेले गरायो उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुख र अन्य दुई वडाको वडाध्यक्ष पदमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।

नेकपा एमालेको तर्फबाट कीर्तिपुरका मेयरमा डा.सुरेन्द्र मानन्धर, वडा नम्बर १ को वडाध्यक्षमा हर्ष महर्जन र वडा नम्बर ४ को वडाध्यक्षमा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरूले कीर्तिपुरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

आसन्न उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिँदै छ ।

स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मङ्सिर १६ गते मतदान हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *