धुमधामका साथ उम्मेदवारी दर्ता गर्न गएका व्यक्ति बीच बाटोबाटै फर्किनुपरेपछि…
काठमाडौं । कीर्तिपुर नगरपालिकाको १ नम्बर वडामा नेकपा माओवादी केन्द्रले जसपालाई सघाउने भएको छ ।
१ नम्बर वडाका लागि उम्मेदवारी दिन तामझाम सहित उम्मेदवारी दर्ता स्थलतर्फ जाँदै गरेका अष्टमान महर्जन बीच बाटाबाटै फर्किनु परेको छ । जसपालाई माओवादी केन्द्रले सघाउने निर्णयपछि उनी उमेदवारी दर्ता नगरी फर्किनु परेको हो ।
टिका,खादा र माला सहित उनी मनोनयन दर्ता गराउन गइरहेको समयमा बीच बाटोमै नेकपा माओवादी केन्द्रले जसपालाई सघाउनेखबर प्राप्त भएपछि उनी बीच बाटोबाटै फर्किनु परेको हो । यद्यपि उनले कत्ति पनि दुख नमानेर पार्टीको निर्णय स्वीकार गर्दै जसपाका उम्मेदवारलाई सघाउने बताए ।
उनले आफुले बागी उम्मेदवारी नदिने समेत बताए । वडा नम्बर १ का लागि जसपाबाट सरल महर्जन उम्मेदवार बनेका छन् । माओवादीका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।