दिल्लीका परिवहन मन्त्रीद्धारा राजीनामा,अरविन्द केजरीवालको पार्टी पनि छाडे
मकालु खबर
२०८१ मंसिर २ गते
काठमाडौं । भारतको नयाँदिल्ली सरकारका परिवहन मन्त्रीले मन्त्री पद र पार्टी सदस्यबाट राजीनामा दिएका छन् । मन्त्री कैलाश गहलोतले मन्त्री पद र आम आदमी पार्टी दुवैबाट राजीनामा दिएका हुन् ।
उनले आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई सम्बोधन गर्दै राजीनामा सम्बन्धमा पत्र लेखेका हुन् । राजीनामा दिँदै उनले आफ्नो राजनीतिक करियर दिल्लीका जनताको सेवा गर्ने प्रतिवद्धाका साथ सुरु गरेको भन्दै त्यसलाई निरन्तरता दिने बताए ।
धेरै समय केन्द्र सरकारमा बिताउँदा आम आदमीले दिल्लीको सही विकास गर्न नसक्ने भन्दै मन्त्री र आम आदमी पार्टीको सदस्यता त्याग्नु उचित हुने उनले बताए ।
मकालु खबर
२०८१ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित