पूर्व सभामुख ढुंगानाको निधन

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको आइतबार निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो साढे १ बजे  ८३ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनी कलेजो सम्बन्धी समस्याबाट ग्रसित थिए । ढुंगाना २०४८ सालदेखि २०५१ साल सम्म सभामुख थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वापूर्व योगदान दिएका वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गानाले राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि परेका थिए ।

२०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बनेका थिए । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका थिए । उनका श्रीमती,दुई छोरा र एक छोरी छन् । उनको भोली अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *