चार देशका नवनियुक्त राजदूतहरूले लिए राष्ट्रपतिबाट शपथ
मकालु खबर
२०८१ मंसिर २ गते
काठमाडौं । नव नियुक्त चार देशका राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज आइतबार उनीहरूलाई राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
पाकिस्तानका लागि रीता धिताल, कतारका लागि रमेशचन्द्र पौडेल, प्रा.धनप्रसाद पण्डित इजरायलका लागि र प्रा.डा.कृष्णप्रसाद ओली चीनका लागि राजदूत नियुक्त भएका थिए ।
उनीहरूलाई राष्ट्रपति पौडेलले शपथग्रहण गराए । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।
मकालु खबर
२०८१ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित