तनहुँ बस दुर्घटना अपडेट : एकको मृत्यु,३० घाइते

तनहुँ । जिल्लाको बन्दिपुर गाउँपालिका-५ नयाँ पुल गोरेचौतारामा आइतबार दुई यात्रुबाहक बस ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर जिएए ००७० नम्बरको बसका चालक ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस एक आपसुमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक(डीएसपी) एवं सुचना अधिकारी अशोक थापाले बताए । उनका अनुसार दुर्घटनामा परेर ३० जना घाइते भएका छन् ।

बसमा च्यापिएका यात्रुलाई मुग्लिन पोखरा सडक योजनाको डोजरको सहयोगमा उद्धार गरिएको छ । हाल घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *