यी ६ वटा एजेण्डा लिएर दोस्रो चरणको आन्दोलनमा होमिदै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही मंसिर ८ गते देखि दोस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

आइतबार पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले मंसिर ८ गतेदेखी दोस्रो चरणको आन्दोलन गर्ने जानकारी दिएका हुन् ।

राजनीतिक प्रतिशोध देखी लिएर संविधान परिमार्जनसम्मका एजेण्डा लिएर रास्वपाले दोस्रो चरणको आन्दोलन गर्न लागेको हो ।

यी हुन् दोस्रो चरणको आन्दोलनका लागि तय गरिएका रास्वपाका ६ एजेण्डा

  • राजनीतिक प्रतिशोध तत्काल बन्द
  • सहकारी,लघुवित्त र मिटरब्याज समस्या समाधान
  • भ्रष्टाचार काण्डको न्यायिक छानविन
  • गतिशिल अर्थतन्त्र
  • प्रवासी र गैर आवासीय नेपाली
  • संविधान परिमार्जन

गत कार्तिक २ गते सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका थिए । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *