बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु,स्थानीयले जलाए बस
मकालु खबर
२०८१ मंसिर २ गते
इटहरी । इटहरीमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १० स्थित खनार नजिकै शान्ति चेकमा आइतबार बसको ठक्करबाट १३ वर्षीया बालिका सजना यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् । विद्यालयबाट साइकलमा घर जाँदै गर्दा बसले ठक्कर दिएकामा उनको घटनास्थलमै मृत्यु भएको हो ।
झापाको काकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आक्रोशित स्थानीयले बस जलाएका छन् । अहिले यस क्षेत्रको अवस्था तनावग्रस्त छ ।
मकालु खबर
२०८१ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित