दमननाथको अन्तिम संस्कारबारे निर्णय गर्न बिहान मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दैछ । पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारबारे निर्णय गर्न बिहान ९ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको हो ।

कलेजो रोगको उपचारका क्रममा ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार निधन भएको थियो । आइतबारै सभामुख देवराज घिमिरेले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले आइतबार साँझ कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई फोन गरेर सरकारको ध्यानाकर्षण गराएका हुन् । कान्छो छोरा निमेष लण्डनमा रहेकाले उनी आएपछि मात्र सोमबार उनको अन्त्येष्टि गरिने जनाइएको छ । स्व. ढुंगानाका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *