करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
मकालु खबर
२०८१ मंसिर ३ गते
मान्म । कालिकोटको शुभकालिका गाउँकांपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीया वीरेन्द्र चौलागाईंको मृत्यु भएको जानकारी दिए ।
चौलागाईं विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए ।
घटनाका विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०८१ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित