झाँक्री भुजेल र मृतक परिवारबीच सहमति
काठमाडौं । झाँक्री प्रकाश भुजेल र मृतक नगरकोटीको परिवारबीच सहमति भएको छ ।
कार्तिक २८ गते मा काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्री भुजलले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो ।
मृतक परिवार र भुजेल पक्षको बिचमा सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको जीपले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएको केही समयपछि भुजेल आफैँले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
नगरकोटी पत्नी सानुमायाको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । झाँक्री भुजेललाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
सम्बन्धीत समाचार
प्रकाश भुजेलको लाइसेन्स फेला, अझै पाँच दिन थुनामा राखिने
झाँक्री भुजेलमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप
झाँक्री भुजेलको कारले ठक्कर दिँदा नारायणको ज्यान गयो,श्रीमतीको अवस्था गम्भिर