प्रेस विज्ञप्ति

शिखर इन्स्योरेन्सको २० औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक उत्सव समारोह विविध कार्यक्रमसहित भव्य रुपमा सम्पन्न भएको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्ष भन्दा बढी समय देखि कार्यरत ११ जना कर्मचारीहरूलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ३४ जना कर्मचारीहरूलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरेको हो ।

कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरूलाई चाँदीको सिक्का सहित सम्मान प्रदान गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्नो २० वर्षको समयमा विभिन्न ऐतिहासिक सफलता हासिल गरेको जनाएको छ । जसमा नेपाली निर्जीवन बीमा क्षेत्रमा १०० करोडदेखि ५०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी बन्न सफल भएको जनाएको छ ।

बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा शिखर इन्स्योरेन्सले ओगटेको छ । यस अवधिमा कम्पनीले २० अर्ब रुपैयाँभन्दा बढीको दाबी भुक्तानी गरेको छ । कम्पनीले विभिन्न विपद् आएको समयमा पनि दाबी भुक्तानीमा अग्रसर रहँदै आएको छ । साथै, २० वर्षको अवधिमा एक लाख भन्दा बढी दाबी भुक्तानी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *