दुर्गा प्रसाईँलाई लक्षित सूर्य थापाको टिप्पणी– ‘सिल्ली फ्याउरो’लाई तत्काल नियन्त्रणमा लिइयोस्
काठमाडौं । नेकपा (एमाले) नेता तथा सांसद सूर्य थापाले व्यवसायी दुर्गा प्रसाईँलाई ‘सिल्ली फ्याउरो’को संज्ञा दिएका छन् ।
प्रसाईँले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माको कम्बोडियामा ३२ अर्ब लगानी रहेको भिडिओ अपुष्ट प्रमाण सार्वजनिक गरेका थिए । उक्त आरोपको खण्डन गर्दै सांसद थापाले प्रसाईँलाई ‘सिल्ली ‘सिल्ली फ्याउरो’को संज्ञा दिएका हुन् ।
सांसद थापाले दुर्गा प्रसाईँलाई आफै ठग रहेको बताए । बैङ्कको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारण जनतालाई भ्रममा पारेर वित्तीय अपराधमा संलग्न र अर्बौँ रकम बैङ्कको ऋण लिएर नतिरेको भन्दै ठग रहेको बताए ।
उनले प्रसाईँले फेक कागजातको कारखाना पनि सञ्चालन गर्न सुरु गरेको भन्दै प्रसाईँलाई तत्काल नियन्त्रणमा लिन प्रहरीसँग आग्रह गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्– बैङ्कको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारण जनतालाई भ्रममा पारेर वित्तीय अपराधमा संलग्न, तर उल्टै तथाकथित अभियान चलाइरहेको र स्वयंचाहिँ अर्बौँ रकम बैङ्कको ऋण लिएर नतिरी उफ्रिरहेको ठगले नक्कली (फेक) कागजातको कारखाना पनि सञ्चालन गर्न सुरु गरेछ । विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरूद्द परिचालित यस सिल्ली फ्याउरोलाई अनुसन्धान गर्ने निकायद्वारा तत्काल नियन्त्रणमा लिएर प्रमाण पुष्टि गर्न लगाइयोस् ! मानसिक स्वास्थ्य पनि परीक्षण गरिहाल्ने प्रबन्ध मिलाइयोस् ।