नेशनल लाईफको सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विराटनगरको होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ४२५ जना भन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा कोशी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरूप मधेश प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताहरू बिच सम्मान कार्यक्रम सम्पन्न भइसकेको र सोही क्रममा कोशी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताउँदै अन्य प्रदेशहरूमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए ।
उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरू ल्याउने क्रममा सिइओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभर बाट २००० जना भन्दा बढी अभिकर्ताहरू छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए । समारोहमा सिइओ क्लब सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेस लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।