दुई महामन्त्रीलाई बुढानीलकण्ठ बोलाएर देउवाले गरे छलफल
मकालु खबर
२०८१ मंसिर ४ गते
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीसँग छलफल गरेका छन् ।
सभापति देउवाले बुढानीलकण्ठस्थित निवासमा बोलाएर महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका हुन् ।
गृह जिल्ला डडेलधुराबाट फर्किए लगत्तै सभापति देउवाले महामन्त्रीसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भेटमा उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
मकालु खबर
२०८१ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित