गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक जोशीलाई काठमाडौं ल्याइयो
मकालु खबर
२०८१ मंसिर ४ गते
काठमाडौं । गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई मंगलबार साँझ काठमाडौं ल्याइएको छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न जोशीलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । उनीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जोशी सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए ।
मकालु खबर
२०८१ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित