प्रधानमन्त्री ओली असन्तुष्ट, मन्त्री हेरफेर गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकारमा सहभागी मन्त्रीहरू परिवर्तनको विषयमा छलफल सुरु भएको छ । ओली र देउवाबीच सरकारका काम कारबाही, समसामयिक राजनीति र उपनिर्वाचनका विषयमा छलफल भएको हो ।

कांग्रेस एमाले गठबन्धनको सरकार बनेको चार महिना पुगेको छ । गत असार ३० मा सातबुँदे सहमतिको जगमा कांग्रेस एमाले गठबन्धनको सरकार बनेको हो । पछिल्लो समय केही मन्त्रीको काम चित्तबुझ्दो नरहेको भन्दै हटाउनुपर्ने आवाज उठिरहेको छ । यस्तोमा एमाले र कांग्रेसबाट सरकारमा रहेका केही मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिने तयारी भइरहेको छ ।

आफूले विश्वास गरेकै मन्त्रीहरूको कार्यक्षमता गतिलो नभएपछि प्रधानमन्त्री ओली पनि असन्तुष्ट देखिनुभएको छ । सरकारको कामको आलोचना भइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीले कम्तीमा तीन÷तीनजना मन्त्री फेर्ने गरी तयारी थालेको स्रोतको दाबी छ । दुईतिहाइ बहुमत नजिकको सरकारले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर आशा जगाउन नसक्दा चर्को आलोचना खेपिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *