रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, के गर्ला निर्णय ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । सभापति रावि लामिछाने सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा आन्दोलन गरिरहेको रास्वपाले दोस्रो चरणको आन्दोलनको स्वरुपलगायतको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।
यसअघि मंगलबार साँझ बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि पुनः बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय चमती वनस्थलीमा बस्ने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने उनले जानकारी दिएकी छन् ।
अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुपम तय गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो तीन बजे बस्ने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । ‘आन्दोलन गर्नेमा सबै एकमत छौं । कुन मोडालिटीको गर्ने आज तय हुन्छ,’ उनले भने ।