मंसिर ७ को आन्दोलनपूर्वै दुर्गा प्रसाईँका १० समर्थक पक्राउ

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईँका १० समर्थक आन्दोलनपूर्वै पक्राउ गरेको छ । प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का १० जना सदस्यलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई भक्तपुरमा नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी होबिन्द्रले जानकारी दिएका छन् । मंसिर ७ गते प्रसाईँको नेतृत्वमा काठमाडौंमा विरोध प्रदर्शनको तयारी भइरहेको थियो । सम्भावित हिंसात्मक आन्दोलनको आशंकामा प्रहरीले उनीहरूलाई अग्रिम रूपमा नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिहरूलाई हाल भक्तपुर जिल्ला प्रहरी परिसरमा राखिएको छ। उनीहरूमाथि सार्वजनिक शान्तिविरुद्धको अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रसाईँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *