लगातार तेस्रो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
मकालु खबर
२०८१ मंसिर ५ गते
काठमाडौं । नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले उकालो लागेको हो ।
यसअघि सोमबार र मंगलबार पनि मूल्य बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यसदिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
मकालु खबर
२०८१ मंसिर ५ गते
प्रतिक्रिया