एमालेले भृकुटीमण्डपमा गर्ने भनिएको सभाको स्थान परिवर्तन
मकालु खबर
२०८१ मंसिर ५ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेले यही मंसिर ७ गते भृकुटीमण्डपमा गर्ने भनिएको सभाको स्थान परिवर्तन भएको छ । भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ ।
एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा सभा गर्दैछ । ‘जागरण सभा’ नाम दिइएको सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
सभा सुरु हुनुभन्दा अघि एमालेले र्याली गर्नेछन् । उक्त र्याली भद्रकालीबाट सुरु हुँदै सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ ।
एमालेले मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिन सभाको आयोजना गरिएको जनाएको छ । एमालेले एक लाख कार्यकर्ता सडकमा उतार्ने बताएको छ ।
मकालु खबर
२०८१ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित