हिजबुल्लाह-इजरायल विवादको समाधान हाम्रो पकडमा : अमेरिकी राजदुत
मकालु खबर
२०८१ मंसिर ६ गते
काठमाडौं । अमेरिकी राजदुत आमोस होचस्टेनले हिजबुल्लाह र इजरायलबीचको द्वन्द्वको समाधान नजिक रहेको बताएका छन् । लेबनानी संसदका सभामुख नाबिह बेरीसँगको वार्ताका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेबनानका प्रधानमन्त्री नजिब मिकातीसँग पनि भेट गरे । जसले आफ्नो सरकारको प्राथमिकता लेबनान विरुद्धको आक्रामकता रोक्न र सबै लेबनानी क्षेत्रहरूमा देशको सार्वभौमसत्ताको रक्षा गर्नु रहेको कुरामा जोड दिए । एक वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने अमेरिकी मस्यौदा प्रश्तावलाई हिजबुल्लाहले सकारात्मक प्रतिक्रिया दिएको छ ।
सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । अक्टोबरको शुरुमा इजरायलले आफ्नो उत्तरी सीमानामा लेबनानमा ग्राउण्ड अपरेशन शुरु गरेको थियो ।
मकालु खबर
२०८१ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित