भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान

काठमाडौं । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । बिहीबार बिहान नेपाली सेनाले जङ्गी अड्डामा द्विवेदीलाई ‘गार्ड अफ अनर’ले सम्मान गरेको हो ।

बुधबार काठमाडौँ आएका सेनाध्यक्ष द्विवेदीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा आयोजित कार्यक्रममा सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरिँदैछ । नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एक अर्काले मानार्थ महारथीको दर्जा दिने परम्परा रहेको छ ।

द्विदेवी प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा बुधबार काठमाडौँ आएका थिए । नेपाल भ्रमणको क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *