प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मकालु खबर
२०८१ मंसिर ६ गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।
आजकै बैठकबाट प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई स्वीकृत गर्न सक्ने प्रधानमन्त्रीको सचिवालयले बतायो । प्रधानमन्त्री ओली यही मङ्सिर १७ गते चीन भ्रमणमा जाने तयारी छ ।
यस्तै, बैठकमा मन्त्रालयगत तथा सरकारका नियमित कामकारबाहीबारे पनि छलफल र निर्णय हुने बताइएको छ ।
आजको बैठक मन्त्रीपरिषद्को नियमित बैठक हो ।
मकालु खबर
२०८१ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित