कम्बोडियाबाट एमाले नेताको सन्देश– पाँच दलका १३ जना छौँ, भ्रम नहोस्

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराई सहितका अन्य नेताहरू कम्बोडिया भ्रमणमा छन् ।

उनीहरू कम्बोडियामा आजबाट हुने आइसीएपीपीको १२ औँ महाअधिवेशनका लागि कम्बोडिया गएका हुन् ।

भ्रमण दलमा नेकपा एमाले, नेपाली काँग्रेस र राप्रपासहित ५ दलका १३ नेताहरू कम्बोडियामा छन् । तर, कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई कम्बोडिया पठाएको टिप्पणी गरिरहेका छन् ।

तर, एमाले नेता भट्टराईले आफूहरू कार्यक्रमका लागि मात्रै कम्बोडिया गएको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत १३ जना प्रतिनिधिहरू कम्बोडिया गएको बताए ।

उनले लेखेका छन्– ‘भ्रमको खेतीमा रमाउनेहरूलाई जानकारी होस्, कम्बोडियामा हुने आइसीएपीपीको १२ औँ महाधिवेशनमा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि जाँदैछन् । थप केही भन्नुपर्छ ?’

केही दिन अघि प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी रहेको भन्दै व्यवसायी दुर्गा प्रसाईँले अपुष्ट भिडिओ सामग्री सार्वजनिक गरेका थिए । उक्त भिडिओ सार्वजनिक भएपछि प्रसाईँ पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *