सुहाङ नेम्बाङ भन्छन्– भ्रम छरेर एउटा पुस्तालाई नै डिप्रेसनको सिकार बनाइयो
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले सिङ्गो नेपाली समाजलाई ‘डिप्रेसन’मा लैजाने काम भइरहेको बताएका छन् ।
उनले देश देश सबै सकिसक्यो, अब देश बन्दैन भन्ने गलत सन्देश प्रवाह गरेर सिङ्गो नेपाली समाज र एउटा पुस्तालाई नै डिप्रेसनको सिकार बनाउने काम भएको बताए ।
उनले एक थरी मान्छेहरू हामीले बनाएका वैधानिक संरचना, प्रक्रिया र प्रावधान बेठिक र हुल हुज्जतलाई ठिक मानिरहेको टिप्पणी गरे ।
उनले सामाजिक सञ्जालमा लेख्दै हुल हुज्जतको जगमा ‘एनार्की’ भित्राएर ‘ऐतिहासिक लुटपाट’ सुरु गर्न खोजिएको बताए ।
उनले भने– ‘मानौँ देश सबै सकिसक्यो । अब देश बन्दैन ।’ उनीहरूले प्रवाह गरिरहेको सन्देश हो, ‘केही भएको छैन । हुनेवाला पनि छैन ।’ उनीहरू चाहन्छन् सिङ्गो नेपाली समाजलाई ‘डिप्रेसन’मा लैजाऔँ । एउटा पुस्तालाई नै डिप्रेसनको सिकार बनाइदिम् ।’
‘निराशाको भाष्य’ उत्पादनको कारखाना, उत्तेजना कोरेल्ने कारखाना र वितरण प्रणाली र प्रक्रिया बारेमा नेकपा एमाले जानकार नै रहेको बताए ।
उनले देशमा जति हुनुपर्ने हो त्यति नभएको बताउँदै कमजोरीको बलमा समाज र पुस्तालाई डिप्रेसन लैजाने प्रयास गलत रहेको बताए ।