चेक हस्तान्तरण गरेको ४० दिनपछि काँग्रेसले दिएको ५० लाख उद्धार कोषमा जम्मा

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको ५० लाख रकम जम्मा भएको छ ।

चेक हस्तान्तरण गरेको ४० दिनपछि काँग्रेसले दिएको ५० लाख उद्धार कोषमा जम्मा भएको हो ।

काँग्रेस कार्यसम्पादन र संसदीय दल बैठकले असोज १० देखि १२ गतेको बाढी पीडितलाई ५० लाख सहयोग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार काँग्रेसका नेताहरूले असोज २० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाखको चेक हस्तान्तरण गरेका थिए ।

तर, चेक हस्तान्तरण गरेको लामो समयसम्म पनि कांग्रेसले दिएको रकम उद्धार कोषमा जम्मा भएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *