पोखराबाट काठमाडौं ल्याइएका छविलाल जोशीको बयान सुरु
मकालु खबर
२०८१ मंसिर ६ गते
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीको काठमाडौँमा बयान सुरु भएको छ ।
पोखरबाट काठमाडौँ ल्याइएका उनको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बयान सुरु भएको हो ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धानका लागि उनको बयान सुरु भएको हो ।
उनलाई मङ्गलवार पोखराबाट काठमाडौं ल्याइएको थियो । उनी लामो समयदेखि प्रहरी हिरासतमा छन् ।
जोशी गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक हुन् । उनले पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी लगायतका सहकारीका ठगी गरेको आरोप छ ।
उनले गोर्खा मिडियामा जीबी राई, रवि लामिछाने लगायतसंग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।
मकालु खबर
२०८१ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित