रहेनन् बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कट

काठमाडौँ । बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बिहीबार जनाएको छ ।

प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धि सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा बेलायतका लागि वार्ताको नेतृत्व गरेका थिए ।

अमेरिकाका पूर्व उपराष्ट्रपतिलगायतले उनिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जलवायु सङ्कट समाधान गर्ने उनको प्रतिबद्धता प्रति सदाका लागि आभारी हुने बताए ।

बेलायती लेबर पार्टी बाट प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट श्रम आन्दोलनको अभियान्ताको रुपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताए ।

चार दशकसम्म उत्तरी इङ्गल्यान्डको संसद सदस्यको रूपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको शान्तिपूर्वक मृत्यु भएको उनकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पारेका छन् ।

प्रेस्कटलाई सन् –२०१९ मा प्यारालाईस भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *