आम नागरिक अनुशासित नहुँदा वायु प्रदूषणको भयावह स्थिति सिर्जना भयो : इन्दिरा राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आम नागरिकहरू अनुशासित नहुँदा नेपालमा वायु प्रदूषणको भयावह स्थिति सिर्जना भएको बताएकी छन् ।

बिहीबार ‘विश्व बाल दिवस’को अवसरमा नेपाल कला परिषद्मा आयोजित फोटो प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुन्दर र स्वस्थ वातावरण बनाउनुपूर्व सबैले सभ्य र अनुशासित बन्न जरुरी रहेको बताइन् । उनले सामुदायिक जङ्गलहरूमा लाग्ने डढेलो नियन्त्रण गर्न नसक्नु र चुरोट जस्ता वायु प्रदूषण गर्ने वस्तुहरू जथाभाबी फाल्दा वातावरण दुर्गन्धित बन्नुका साथै आउँदो पुस्तामा नकारात्मक सन्देश जाने बताइन् । अहिलेको युग ग्लोवलाइजेसनको युग भएकोले वातावरण स्वस्थ राख्ने दायित्व सबै राष्ट्रको भएको उपसभामुख रानाको भनाइ छ ।

उनले भने ‘नेपालमा अहिले वायु प्रदूषणको कुरा गर्ने हो भने भताभुङ्ग स्थिति छ । वन जङ्गलभर डढेलो लागेको छ हामी हेरिरहेका छौं । चुरोट खाएर धुवाँसहितको चुरोट जताततै फलिदिन्छौ । हामीसँग अनुशासन छैन । हामीले आउने पुस्तालाई स्वस्थ वातावरण दिनुपर्दछ । सुन्दर वातावरण बनाउनका लागि एक सुन्दर नागरिक बनाउन आवश्यक छ । अहिलेको युग ग्लोवलाइजेसनको युग भएकाले वातावरण स्वस्थ राख्ने दायित्व समेत सबै देशको हो भन्ने मलाई लाग्छ । बालबालिकाहरूलाई समेत स्वस्थ वातावरणका फाइदाहरूबारे जानकारी दिनुपर्दछ ।’

उनले देशभरका बालबालिकाहरूलाई स्वस्थ वातावरण निर्माणका लागि सबै तहबाट सक्रियता देखाउन जरुरी रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *